काठमाण्डौ  ।  दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिएका छन।Screenshot_2024_0122_082800

बर्दियादेखि काठमाडौं आउदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका -९ रिहार नजिकै गएराति ११ बजे दुर्घटना भएको थियो। दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

OM Sai Pathibhara Hospital

बसमा ४७ जना सवार रहेको २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ।

मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले २ जनाको मृत्यु हुन पुगेको प्रहरीले बताएको छ।

केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो।