काठमाडौँ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक हेटौंडा-१५ रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

OM Sai Pathibhara Hospital

गएराति मकवानपुरगढी १ बादरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडाँडाबाट बादरखोल्सीतर्फ जादै गरेको बा.प्र-०३-००१ख१४८९ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा चालक पाख्रिन गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनाको समयमा चालकको पहिचान नभएकोमा अस्पतालमा उनका दाइले सनाखत गरेका थियो ।