काठमाण्डौ   ।   सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंले ५० हजार पुरस्कार राशि रहेको खुला राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ।

सशस्त्र प्रहरी बलको २३ औँ वार्षिकोत्सवको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको सशस्त्र प्रहरी बलले बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल र यसको कार्यादेशसँग सम्बन्धित विषय वा शीर्षकमा कविता लेख्न सकिने छ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने कविताले पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पाउने छन्। यस्तै उत्कृष्ट सातमा परेका सात जना प्रतियोगीहरूलाई सात हजार रुपैयाँका दरले प्रोत्साहन गरिने पनि सशस्त्र प्रहरी बलले बताएको छ।

OM Sai Pathibhara Hospital

कविताका लागि १४ वटा कार्यादेशसमेत तोकेको छ । नेपालको कुनै भागमा भएको वा हुनसक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, मुलुकको कुनै पनि भागमा भएको वा हुनसक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, दंगा नियन्त्रण गर्न, दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्याउन, कुनै किसिमको जघन्य तथा गम्भीर अपराध भएमा अशान्ति भएमा त्यसलाई नियन्त्रण गर्न, नेपालको सीमा सुरक्षा गर्न, वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्नलगायत विषय तोकिएका छन् ।

इच्छुकले सशस्त्रको इमेलमार्फत् पुस मसान्तभित्र कविता पठाइसक्नुपर्ने छ । कविता बढीमा ३२० शब्दको हुनुपर्ने मुख्यालयले तोकेको छ । प्राप्त कवितामध्ये उत्कृष्ट १० मा परेकालाई वाचनका लागि कविलाई बोलाइने छ । आगामी माघ १० गते कविता वाचन गराइने छ ।