काठमाण्डौ  ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा १,६२,७५०/- मूल्य वरावरको प्याज वरामद गरेको छ ।

२०८० पुस २२ गते जिल्ला रुपन्देही मायादेवी गाउँपालिका  वडा नं. ४ सुण्डी स्थितमा अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार चोरी छलेर तस्करीकाे बाटाेबाट ल्याउदै गरेको अवस्थामा ७२ बोरा ( ३२५५ के.जी.) प्याज वेवारिसे अवस्थामा फेला पारेकाे थियाे । 

बरामद साे प्याज स्थानीय मानिसहरुको रोहवरमा प्रहरी टोलीले बरामद गरी आवश्यक कावाहीको लागी वरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको   जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ।