काठमाडौं  ।  नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।

राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।

OM Sai Pathibhara Hospital

कोशीमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले टिकट पाएका छन् । मधेसमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । त्यस्तै बागमतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् । गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन् ।

लुम्बिनीमा विष्णुदेवी सापकोटाले टिकट पाएकी छन् । कर्णालीमा कृष्णबहादुर रोकायाले टिकट पाएका छन् । सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

गण्डकीमा दुई र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ । ४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाको लिखित असहमति छ।

मधेसमा मधेसी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बल बहादुर केसीले पनि लिखित असहमति जनाएका छन् । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।