काठमाण्डौ । डोटीमा भालुको आक्रमणमा परि जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडीङ गाउँका स्थानीय वर्ष ५६ की गौरी भाट र वर्ष ५० का जंग भाट घाइते भएका छन ।  

घर नजिक रहेको बुडीखेतमा आइतबार दिउसो तिन बजे काम गरिरहेको अवस्थामा भालुले गौरीमाथि आक्रमण गरेको थियो । गौरीलाई जोगाउन जाँदा जंग माथि पनि आक्रमण गरेको स्थानीय बासिले बताएका छन ।

OM Sai Pathibhara Hospital

आक्रमणमा परि जंगको आँखा, निधार, पिठ्युँमामा चोट लागेको छ भने गौरीको टाउको अनुहार, पिठ्यूँ हातमा चोट लागेको छ ।दुवै जनालाई आदर्श ३  काडीस्याउलेमा रहेको जिडी पोलिक्लीनीकमा सामान्य उपचार पश्चात् थप उपचारेको लागि धनगढी रिफर गरिएको स्थानीयहरूले बताएका छन् ।