काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा  अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुङ्गो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। 

OM Sai Pathibhara Hospital

१९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। राष्ट्रिय निर्वाचन यही माघ ११ गतेका लागि तोकिएको छ। माओवादीको पदाधिकारी बैठक बस्नुअघि सत्ता गठबन्धन दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

उक्त बैठकले नेपाली काँग्रेसलाई १०, नेकपा माओवादी केन्द्रलाई ६, नेकपा एकीकृत समाजवादीलाई र २ र जसपालाई १ सिटको भागवण्डा गरेको थियो।