काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा लगभग भागबन्डा मिलेको छ। चार दल सम्मिलित हिजो (शनिबार) बेलुकाको बैठकमा बाँडफाँटमा सहमति जुटेको छ।

अन्तिम टुंगो भने आज बिहान बस्ने बैठकले टुंगो लगाउने नेताहरूले बताएका छन्। १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने छ।

OM Sai Pathibhara Hospital

बैठकमा कांग्रेसले ११, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले ३र३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १र१ सिट दाबी गरेका थिए।

यसमा अरू दल सहमत भए पनि एकीकृत समाजवादीले भने असहमति प्रकट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठक राति १२ बजेसम्म चलेको थियो।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू सहभागी थिए।

यी बाहेक सरकारमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नागरिक उन्मुक्ति पार्टीका नेता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ बैठकको बीचबाटै बाहिरिएका थिए।