काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन सुरु भएको छ। रास्वपाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वडाहरूमा आज प्रथम वडा अधिवेशन आयोजना गर्न लागेको हो।

रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ। वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरूलाई अनुगमनका लागि समेत खटाएको छ।

OM Sai Pathibhara Hospital

रास्वपाका उपसभापति डीपी अर्याल चितवन, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी काठमाडौंको बुढानिलकण्ठ, केन्द्रीय सदस्य गणेश पराजुली काठमाडौं र अन्य पदाधिकारीहरू विभिन्न वडा अधिवेशनको अनुगमनका लागि खटिएका छन्। प्रदेश समितिका सदस्यहरूलाई भने निर्वाचन आयोगले पर्यवेक्षणका लागि विभिन्न वडाहरूमा खटाएको छ।