काठमाडौं । काठमाडौंकाे बल्खुमा जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले ८ जनालाइ पक्राउ गरेकाे छ ।

काठमाडाैं महानगरपालिका-१४ कलंकीस्थित चितवन भरतपुर महानगरपालिका-१० घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ४४ वर्षीय झविन्द्र सापकोटाको दृश्या होटलमा जुवातास खेलिरहेको अवस्थामा सापकोटासहित ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १२ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

यस्तै धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित खाली टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल बडायक समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १ हजार ३ सय ६५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस्तै सुन्दरहरैचा नगरपालिका-१० बिराटचोक बस्ने ३७ वर्षीय सुशिल कुमारकाफ्लेको घरमा जुवातास खेलिरहेको अवस्थामा काफ्ले समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ५१ हजार २ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।