एजेन्शी   ।   अमेरिकाको माइन राज्यमा बुधबार राति एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेका छन् । घटनामा करिब ६० जना घाइते भएका छन् । साथै कयौँको अवश्था गम्भीर रहेको जनाइएको छ ।

आक्रमणकारी अझै पक्राउ परेका छैनन प्रहरीले मानिसहरूलाई लुक्न आग्रह गरेको छ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार राति ८ बजेतिर तीन ठाउँमा गोली चलेको थियो । ती व्यक्तिले तीन फरक व्यापारिक केन्द्रमा गोली चलाएका थिए। जसमा स्पेयरटाइम मनोरञ्जन, स्किमनेजको बार एण्ड ग्रिल रेस्टुरेन्ट, र वालमार्ट केन्द्र समावेश छ। प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि समेत आग्रह गरेको छ।