चपुर   ।   जनकपुरधामबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक किशोरीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी–९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेकी छन् । 

उनलाई जनकपुरधामको रेल्वे स्टेसन नजिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पाैने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई रेल्वे सुरक्षा बेस जनकपुरधाममा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।