काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्। भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा राहुल महरा पक्राउ परेका हुन्। राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको आरोप छ।

भेपभित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो। तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन्।

OM Sai Pathibhara Hospital

इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो ।  राहुल आजै पक्राउ परेका हुन् ।

भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा बुबा कृष्णबहादुर महरासँगै राहुल पनि मुछिएका थिए । बुबा छोराले नै सुन ल्याउने चिनियाँ तस्करसँग पटक-पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।