काठमाडौं   । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप दुईजना पक्राउ गरेको तथ्य सीआईबीले बुधवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गणेश पौडेल र किशोर बस्नेत छन् । हालसम्म सुन तस्करीमा पक्राउ पर्नेहरुको संख्या २५ पुगेको छ ।

बुधवार पक्राउ गरिएका पाल्पा घर भएका गणेश पौडेल अधिकृत हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत पौडेल र सुन तस्करबीच कनेक्सन देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मूल्यांकन शाखामा कार्यरत थिए ।

OM Sai Pathibhara Hospital

अर्का आरोपित किशोर बस्नेत सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका दावा छिरिङका सहयोगी हुन् । सिन्धुपाल्चोक घर भएका बस्नेतले दावाको सहयोगीको रुपमा काम गर्दै आएको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

तिब्बतियन मुलका बेल्जियन नागरिक छिरिङले भने अनुसार किशोरले हङकङबाट सामान मगाउने गरेका थिए । किशोरले कार्गोमार्फत पानी तान्ने मोटर, ब्रेक प्याड, सेभिङ रेजर र स्मार्ट वाच मगाएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ती सामान भित्र उनीहरुले सुन लुकाएर ल्याउने गरेका थिए ।

साउन १४ मा दावा पक्राउ परेपछि उनि भारत भागेका थिए । भारतिय दुतावासका कन्सुलर प्रहरी बरिष्ठ उपरिक्षक उमा चतुर्वेदीसँग समन्वय गरेर उनलाई नयाँ दिल्लीबाट पक्राउ गरेर बुधवार नेपाल ल्याइएको हो । बस्नेत पक्राउसँगै सुन प्रकरणमा दावाको संलग्नताबारे थप तथ्य खुल्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् Screenshot_2023_0830_220601

६० किलो सुन प्रकरणमा संलग्न दावा छिरिङका मुख्य सहयोगी भनिएका किशोर बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्राउ गरेको छ ।

उनलाई बुधबार काठमाडौं ल्याइएको सीआईबीका एक अधिकृतले जानकारी दिए ।

सीआईबीका अनुसार सिन्धुपाल्चोकका स्थायी बसिन्दा बस्नेतले दावाले भनेअनुसार सामान खरिद गरेर सुन लुकाएर तस्करीमा सहयोग गर्ने गरेका थिए ।