सुनसरी   ।  धरानमा गाई-गोरु काट्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दुधर्म समर्थकहरूले प्रदर्शन गरेका छन्। शनिबार धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि उनीहरूले इटहरीमा प्रदर्शन गरेका हुन्। FB_IMG_1693056623816

नेपालका प्रथम जगत् गुरु बालसन्तको नेतृत्वमा हिन्दुधर्म समर्थकहरूले गाई गोरु काट्नेलाई कारबाही गर, हिन्दु राष्ट्र कायम गर, सद्भाव भाँड्ने धरानका मेयर मुर्दावाद, गृहमन्त्री राजीनामा देऊ जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।Screenshot_2023_0826_191730

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि शनिवार राती १२ बजेसम्म निशेषाज्ञा जारी गरेपछि धरानलाई प्रहरीले चौतर्फी घेराबन्दी गरेर शान्ति सुरक्षा प्रदान गरेको छ। FB_IMG_1693059299763

आदिवासी जनजाति महासंघ धरान नगर समितिले मङ्गलबारेमा गाई गोरु काटेर भोज गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि हिन्दुधर्म समर्थकहरू आन्दोलित भएका हुन्। देशभरिबाट धरानमा विरोध प्रदर्शन गर्न आउँदै गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले बिच बाटोमै रोकिदिएको छ। धरान, इटहरी, इनरुवा, वराहक्षेत्र लगायतबाट भेला भएका प्रदर्शनकारीहरूले विरोध गरिरहेका छन। FB_IMG_1693059295353

जगत् गुरु बालसन्तले प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्न प्रतिबन्ध लगाएको आरोप लगाएका छन। धरानमा केही दिनदेखि गौमाताको हत्या गरिरहेकोले गौमाताको रक्षा गर्न र सामाजिक सद्भाव नबिथोलियोस् भनेर धरानमा शान्तिपूर्ण प्रदर्शन आयोजना गरिएको बताए। बालसन्तले गाई गोरु काट्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।FB_IMG_1693059279605Screenshot_2023_0826_202604FB_IMG_1693059283809FB_IMG_1693059305473FB_IMG_1693059295353FB_IMG_1693059697664FB_IMG_1693059703254FB_IMG_1693059710089FB_IMG_1693059718644FB_IMG_1693059723467FB_IMG_1693059727997FB_IMG_1693059289795 1