झापा / गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि ढुंगा चालकसहित ३ जना घाइते भएका हुन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि ढुंगा खसेको हो । 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ढुङ्गाले लागेर जिपको अगाडि भागमा पूर्णरुपमा क्षति पुगेको छ ।