बिर्तामोड / प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम जिल्ला साबिक ओख्रे गा. बि. स वडा -२ घर भई हाल बुद्धशान्ति गाउँपालिका - २ मा बसोबास गर्नै आएका ५१ वर्षीय थापा भन्ने हस्त बहादुर दर्जी रहेका छन् । झापा जिल्ला अदालतले मिति २०७९।०१।०८ गते उनलाई १ वर्ष  ६ महिना कैद सजाय , २५,००० जरिवाना र पिडित राहत कोषमा २५,००० जम्मा गर्नुपर्ने फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले दर्जीलाई हिजो पक्राउ गरि  झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्र. ना. उ खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital