बिर्तामोड / प्रहरीले झापाको दमकबाट  विभिन्न प्रकारका अवैध औषधि सहित ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दमक नगरपालिका - ७ बस्ने २६ वर्षीय दिपेश खड्का , दमक - ६ बस्ने ३३  वर्षीय  रोशन कुमार साह र इलाम साबिक दानाबारी गा .बि . वडा नं -७ घर भई हाल जिल्ला झापा दमक नगरपालिका वडा - ८ बस्ने २६  वर्षीय  सञ्जीव सुबेदी रहेका छन्  ।

बिना ईजजात औषधीहरू धेरै परिणाममा बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं - ७ पशुहाट स्थितबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट  Tramadol Hydrochloride capsul IP ८५६० क्यापसुल, Spaspain Tablets ७००० र  प्र १/०१/०१२ प ८५३५ न. को स्कुटी फेला परेको छ ।

OM Sai Pathibhara Hospital

बरामद भएको उक्त औषधिलाई आवश्यक कारवाहीको लागी औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाइएको छ । अवैध औषधि सहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्र.ना.उ खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।