बिर्तामोड / प्रहरीले झापाको दमक नगरपालिकाबाट सखुवा र सिसौ जातको अवैध काठ बरामद गरेको छ । दमक - १ बस्ने गोकुल घिमिरेले  सुकुमबासी टोलमा सञ्चालन गरेको गौरव फर्निचरमा अवैध काठ रहेको भन्ने विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सखुवा र सिसौ जातको २० क्यु फिट चिरान काठ फेला परेको हो । बरामद भएको अवैध काठलाई आवश्यक कारवाहीको लागी वन कार्यालय बेलडाँगी दमकमा बुझाइएको साथै फर्निचर सञ्चालक  घिमिरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


OM Sai Pathibhara Hospital