काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन् । सभापति लामिछानेले मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने बताएका हुन् ।

‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो । मोबाइल क्लिनिक चालू छ । आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ,’ उनले भने । त्यस्तै ब्लु बसमा पनि कुनै समस्या नभएको उनको दाबी छ ।

OM Sai Pathibhara Hospital

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला । हैट हेडलाइन आतंक र ‘हैरानी । सक्दनौं, सक्दै त सक्दनौं,’ उनले भनेका छन् ।