बिर्तामोड / झापाको दक्षिणी पालिका हल्दीबारी गाउँपालिकामा जग्गा वर्गीकरण सच्याउन  माग गरिएको छ । गाउँपालिकाले जग्गा वर्गीकरण गर्दा अवैज्ञानिक विधि अपनाएको भन्दै पालिकामा संघर्ष समितिले तत्काल सच्याउन माग गरेको हो । वर्गीकरण सच्याउन  माग गर्दै नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापन पत्र बुझाई सकेका छन ।

ध्यानाकर्षण पत्र बुझाएता पनि कुनै सुनवाई नभएको भन्दै बाध्य भएर आन्दोलनका कार्यक्रम घोषण गरेको नेकपा एमाले हल्दिबारीका इन्चार्ज नरेश चुडालले जानकारी दिए । शनिबार भु- उपयोग तथा जग्गा वर्गीकरण नीति विरुद्ध संयुक्त कार्यदलको हल्दीबारी रेडक्रस भवनमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम घोषण गरेको छ । कार्यदलले संघर्षका कार्यक्रम लाई मजबुत बनाएर अगाडि बढाउने घोषण गरेको छ ।

OM Sai Pathibhara Hospital

साउन २१ र २२ गते ५ वटा नै वडाहरु मा संघर्ष समिति निर्माण गर्ने साथै वडावासीहरुलाई जग्गा वर्गीकरणको त्रुटि बारे जानकारी गराउने र साउन २३ गते गाउँपालिकामा धर्ना र कोणसभा कार्यक्रम आयोजना गर्ने बैठकले निर्णय गरेको हो । त्यस पश्चात् पनि समाधान नआएमा आन्दोलनरत कार्यदलले स्थानीय जनताहरूको साथमा गाउँपालिका तालाबन्दी समेत गर्ने भएको छन ।