काठमाडौं । लागु औषध कारेवारीलाई नियन्त्रणमा लिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।

कारोवारीको नाम खुलेको छैन । यधपी उनलाई घुडामुनि गोली लागेको छ । उनको उपचारका लागि केएमसी अस्पताल सिनामंगलमा लगिएको छ ।

OM Sai Pathibhara Hospital

ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले उनी भारतीय भएको पुष्टि गरे पनि नाम भने नखुलेको बताए ।

पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उनको भनाइ छ ।