डडेल्धुरा । डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् ।

मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएकोमा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दूरीको जंगलमा मृत अवस्थामा फेला पारेको हो ।

यस विषयमा थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।