रौतहट । नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने मेयर प्रेमलाल साह कानु विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आफ्नो सट्टामा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाएका रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले पूर्जी जारी गरेको हो ।

OM Sai Pathibhara Hospital

आइतबार गणित विषयको एसईई चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मेयर कानुको एसईई दिने साह नाताले ज्वाइँ पर्ने रेडियो नेपालको बर्दिवास शाखामा पाचौँ तहमा कार्यरत स्थायी कर्मचारी हुन् ।

अनुसन्धानमा उनले मेयर कानुले आफूलाई परीक्षा दिन लगाएको प्रहरीसँग बयान दिएका छन् । साह पक्राउ परेसँगै प्रहरीले अनुसन्धान थालेको थियो ।