काठमान्डौ  ।  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ।

ब्युरोले दुइटा अपरेशन चलाएर दुई भारतीय महिलालाई कोकिनसहित पक्राउ गरेको हो। Screenshot_2023-03-30-17-39-10-27_a23b203fd3aafc6dcb84e438dda678b6

OM Sai Pathibhara Hospital

प्रहरीले भारतको मिजोरोम बस्ने ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुइलाई पक्राउ गरेको बताएको छ।

मंगलबार बिहान सवा ११ बजे एयर इन्डिगोको विमानबाट नयाँ दिल्लीको फ्लाइट थियो। त्यही समयअनुसार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुगिन् थिइन। PSX_20230330_174118

 काठमाडौं आउँदा ल्याएकै सुटकेश, ह्यान्डब्याग बोकेकी थिइन् तर यसपटक उनी शंकाको घेरामा थिइन्। विमानस्थलको प्रस्थान कक्षमा विमानस्थल सुरक्षा कार्यालयका प्रहरी र ब्युरोको संयुक्त टोली पनि थियो। 

टोलीलाई शंका लागेपछि प्रहरीले उनलाई बोलाएर सोधपुछ र सुटकेश ह्यान्डब्यागमा खानतलासी लिएको थियो। 

भालाललमी सँग भएका ब्यागबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकासराज खनालले बताएका छन। बिहीबार पत्रकार सम्मलेन गरी यसबारे  इस्थरबाट ५ किलो कोकिन बरामद भएको थियो। 

‘उनीहरू दुबै जना नयाँ दिल्ली नै जाने तयारीमा थिए। इस्थरको फ्लाइट बिहीबार जाने थियो,’ उनले भने, ‘उनलाई भने हामीले काठमाडौं आइपुग्दादेखि नै पछ्याइरहेका थियौं। त्यही होटलमा पुगेपछि उनलाई पक्राउ गर्‍यौं।’

दुई जनाबाट बरामद भएको ७ किलो ८८७ ग्राम कोकिन अवैध बजारमा १७ करोड ३ लाख ५९ हजार रुपैयाँ पर्ने एसएसपी खनालले बताए। 

यस घटनामा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम १५ वर्षदेखि जन्मकैद सम्म र ५ देखि १० लाख सम्म जरिवाना हुनसक्ने व्यवस्था छ।