मधेस प्रदेश । लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा प्रहरीले छापमारी गरी एक जनालाई पक्राउ गरेकाे हाे ।
बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखेका छन् भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साेमबार विहान ०२:३० बजेको समयमा कानूनी रीतपुर्याइ निजको घरकोठा खानतलासी गर्दा लागु औषध चरेश ९ केजी ८०० ग्राम बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय पाेखरियाबाट प्रहरी निरिक्षक माेहन बिक्रम केसीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ तिनडाेबिया निवासी ३८ बर्षिय बृजेश प्रसाद कुर्मीलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।