कोशी  ।  गाँजा सहित मानिस तथा मो.सा. नियन्त्रणमा इप्रका धरानले नियन्त्रणमा लिएको छ। मिति २०७९।१२।०७ गते बिहान  ०३:३० बजेको समयमा बिशेष सुराकीको आधारमा ईप्रका धरानबाट खटिएको टोलिले चेक जाचको क्रममा फेला पारेको हो।

जिल्ला सुनसरी धरान २० सिरिसे गाँउ  स्थितमा चेकजाँच गर्दा  जि.धनकुटा साँगुरीगढी गा.पा.-९ आहाले बस्ने वर्ष-२५ को जितेन राई ले प्र.१-०२-०५१ प.२३०५ नम्बरको मोटरसाइकलमा फेला पारेको हो।

OM Sai Pathibhara Hospital

मोटरसाइकलमा गाँजा ३१ के.जि. ल्याउदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको र ऐ. ०५;०० बजेको समयमा  टोलिले धरान-११ सुनौलो वस्ति बस्ने बर्ष-४७ की विष्णु माया राई ले घर कोठामा लुकाई छिपाई राखेको गाँजा ३१ के.जि. फेला पारी निज दुबै मानिस, मोटरसाइकल र गाँजा सहित नियन्त्रणमा लिई  जिल्ला अदालत सुनसरीबाट म्यादथप गरि  ईप्रका धरानबाट अनुसन्धान भईरहेको ।