बोगोटा - कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चारजनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।

सो हेलिकोप्टर राजधानी सहरमा नै भएको र त्यसमा रहेका चारजना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । उनले राजधानी सहरमा यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चारजनाकै ज्यान गएको जानकारी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । यहाँको सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । उनले हेलिकोप्टर दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका हुन् । रासस/सिन्ह्वा