काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरूलाई अनुगमन र नियमन गरि प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने भएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ ।

बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यसपछिमात्र व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सकिने धारणा राखे । केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु । बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्ने बताएका छन ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा पनि जोड दिए ।