काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले संगठनभित्र उच्च तहको प्रशासनिक हेरफेर गर्दै १२ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। मुख्यालयले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार सरुवालाई नियमित प्रशासनिक व्यवस्थापनको हिस्सा भनिए पनि यसलाई संगठनभित्रको नयाँ कमाण्ड संरचना निर्माणको तयारीका रूपमा हेरिएको छ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम (१) को (ख) बमोजिम गरिएको सरुवाले मुख्यालय, बाहिनी र तालिम शिक्षालयसम्म नेतृत्व फेरबदल गरेको हो।
सरुवा सूचीअनुसार राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय, टिकापुर (कैलाली) मा कार्यरत एसएसपी नीरकृष्ण अधिकारीलाई सशस्त्र प्रहरी मुख्यालयको मानवस्रोत विभागमा जिम्मेवारी दिइएको छ। मानवस्रोत विभाग संगठनको कर्मचारी व्यवस्थापन, पदस्थापन र प्रशासनिक नीतिसँग प्रत्यक्ष जोडिने भएकाले यो जिम्मेवारीलाई महत्त्वपूर्ण मानिएको छ।
यस्तै, पाथिभरा जवान तालिम शिक्षालय, झापामा कार्यरत एसएसपी रमेशकुमार पाण्डेलाई नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीको नेतृत्वमा पठाइएको छ। सुरक्षा चुनौती र सीमाक्षेत्रको व्यवस्थापनका दृष्टिले यो बाहिनी रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।
मुख्यालय स्रोतका अनुसार सरुवाको उद्देश्य संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनु, अनुभवी अधिकृतलाई आवश्यक स्थानमा परिचालन गर्नु तथा प्रशासनिक व्यवस्थापनलाई सुदृढ बनाउनु रहेको छ।
सरुवा भएका अन्य एसएसपीहरूको जिम्मेवारीसमेत विभिन्न बाहिनी, तालिम शिक्षालय र मुख्यालयका विभागमा हेरफेर गरिएको छ। यस निर्णयसँगै एपीएफभित्र नयाँ जिम्मेवारी सम्हाल्ने अधिकृतहरू आफ्नो कार्यस्थलमा खटिने तयारीमा रहेका छन्।
सूची हेर्नुहोस् :










































