दोलखा । तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मृतक बैतेश्वर गाउँपालिकाको रहेको प्रारम्भिक जानकारी आएको छ । तर, पहिचान भइसकेको छैन ।

बिहान ७ बजेतिरको उक्त घटनाबारे जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ ।