OM Sai Pathibhara Hospital

काठमाण्डौ । दक्षिण इक्वेडर र पेरुको उत्तरी भूभागमा गएको शक्तिशाली ६.८ म्याग्नेच्युटको  भूकम्पमा कम्तिमा १५ जनाको मृत्यु भएको छ।क्षतिको पुर्ण बिबरण भने आउन बाकी नै छ।

स्थानीय समयअनुसार शनिबार राति १० बजेर ५७ मिनेटमा इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल पर केन्द्रविन्दू बनाइ भूकम्प गएको हो। सबैभन्दा बढी क्षति दक्षिणी प्रान्त एल‌रोमा भएको ग्रार्जियनले जनाएको छ।

भूकम्पले सवारीसाधन र भवनमा क्षति पुगेको छ। भूकम्पपछि आएको पहिरोका कारण त्यहाँका सडक अवरुद्ध भएका छन्।

धेरै भूकम्प गइरहने मुलुकका रुपमा रहेको इक्वेडरमा सन् २०१६ पछि गएको यो सबैभन्दा ठूलो भूकम्प हो। त्यसबेला इक्वेडरमा ७‍.८ म्याग्नेच्युट भूकम्प गएको थियो।

भूकम्पबाट भौतिक संरचनामा व्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बालाओ सहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको जनाइएको छ ।

उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको जनाइएको छ ।