एजेन्सी । इमरान खानको घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । प्रहरीहरू इमरान खानको घरको ढोका तोडेर भित्र पसेका छन्।
प्रहरी अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र प्रहरीलाई निसाना बनाइएको बताए। इमरान खानको घरभित्र उपस्थित कार्यकर्तासँग हतियार रहेको प्रहरीले दाबी गरेको छ।
यसै क्रममा इमरान खानले इस्लामाबादको अदालततर्फ जाँदा आफ्नो समूह दुर्घटनामा परेको बताएका छन्। आफू पक्राउ पर्ने थाहा भए पनि अदालतमा हाजिर हुन लागेको उनको दाबी छ। यसैबीच पाकिस्तानका प्रहरीहरूले खानको सवारी इस्लामावाद पुग्नुअघि उनका अङ्गरक्षकहरूले हतियार बुझाउनुपर्ने माग गरेका छन्।
पदमा बहाल रहँदा प्राप्त गरेका राजकीय उपहारहरू राम्रोसँग घोषणा नगरेको अभियोगको सुनुवाइका लागि उनी इस्लामावाद गइरहेका छन्। पूर्वप्रधानमन्त्री खानले आफुमाथिका आरोप राजनीतिक रूपले पूर्वाग्रही रहेको भन्दै अस्वीकार गर्दै आएका छन्।