झापा । खोटाङमा एक ब्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोलाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
शुक्रबार राती करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखिएपछि परिवारका अन्य सदस्य र छिमेकीले आगो निभाएका थिए।
नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक रोमन अर्यालले बताए।
जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राती नै काठमाडौं लगिएको छ।