काठमान्डौ । सुर्खेतका लागि काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै काठमाडौं फर्किएको छ।

६२ जना यात्रु सवार रहेको बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि  सिमराबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।

OM Sai Pathibhara Hospital

जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भए पछि ६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ। ।

जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।