एजेन्सी । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियन प्रायद्धीपमा संयुक्त सैन्य अभ्यास गर्नु अघि नै उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

साेमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको हो । अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि साेमबारदेखि नै सुरु भएको छ ।त्यस्तो सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित गरिएकाे भन्दै आएको छ ।