एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरको समुद्री तटमा डुंगा दुर्घटना हुँदा करिब ८ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जनाइएकाे हाे । दुर्घटना ग्रस्त डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन नभएता पनि जीवित्तै उद्धार गर्ने सम्भावना कम भएको उद्धारकर्मीहरुले बताएका छन् ।

सान डिएगोमा मानव तस्करीका लागि समुद्री मार्ग भएर यात्रा गर्ने यात्रुहरु बढी जोखिममा पर्ने गरेका छन् । त्यहाँ विगत ५ महिनामा मानव तस्करहरुले समुद्री मार्गमार्फत आप्रवासीहरुको ओसार्ने क्रम तीब्र बनाएका छन् । सन् २०२१ पनि आप्रवासीहरु चढेका डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो ।