झापा - झापाको अर्जुधारा नगरपालिका स्थित अर्जुनधारा जलेश्वर धाम परिसरमा निर्मित १०८ शिवलिङ्ग तथा माता पार्वती मन्दिरको प्राण प्रतिष्ठा एवं समुद्घाटन आगामी फागुन ६ गते महाशिवरात्री पर्वका दिन गरिने भएको छ ।  धामले शिवरात्री पर्वको अवसरमा फाल्गुन १ गते देखी ६ गतेसम्म भजन कृतनका साथै शिवलिङ्ग अनावरण गर्न लागिएको मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा धामका महासचिव शिवलाल खतिवडाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital


बिर्तामोड निवासी कमल बस्नेत र झुमा बस्नेतको लगानीमा निर्माण गरिएको १०८ शिवलिङ्ग सहित पार्वती मन्दिर शिवरात्री पर्वकै दिन धामलाई हस्तान्तरण गरिने धामका लेखा समिति संयोजक कृष्ण पौड्यालले जानकारी दिए ।  धामका मुल अर्चक अग्निप्रसाद सिग्देलको आचार्यत्वमा ११ गुरु र ३५ बटुक द्वारा मन्दिरको प्राण प्रतिष्ठा गरिने जनाइएको छ । दुई खण्डमा विभाजित कार्यक्रम अन्तर्गत धार्मिक अनुष्ठान र भजन सन्ध्या रहने शिवरात्री पर्व संस्कृति विभागका संयोजक देवी भक्त श्रेष्ठले बताए । 

केदारनाथ धामका श्री आदिदेव बाबा बर्फानीजीको प्रमुख आतिथ्यता रहने धार्मिक अनुस्ठानमा विभिन्न दाताहरुलाई सम्मान गरिने श्रेष्ठले बताए । एक साँझ शिवको माझ कार्यक्रममा नेपाल सहित भारका चर्चित कलाकारहरुको उपस्थित रहने जनाइएकको छ । 

फाल्गुन १ गतेदेखी सुरु भई ६ गते समापन हुने धार्मिक अनुष्ठान, दैनिक हवन, रुद्राभिषेक, प्राण प्रतिष्ठा र रात्री चार प्रहर पूजा हुने धाम समितिले जनाएको छ । धाम समितिका महासचिव खतिवडाका अनुसार कोरोना पछिको पहिलो अनुष्ठान भएकोले दसाँै हजार भक्तालुको उपस्थिति रहने अनुमान गरिएको छ ।