झापा : सिरिया र टर्कीको सीमामा गतहप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ।

टर्की​मा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीले जनाएका छन। सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

OM Sai Pathibhara Hospital

टर्कीबाट उत्तरपश्चिम सिरियामा बाब अल–सलाममा मानवीय सहायता बोकेका दशवटा अन्तर्राष्ट्रिय आप्रवासन संगठनका ट्रकहरू पुगेका छन्।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसको जिउँदै उद्धार गरेको बताएका छन्। ​भूकम्पपछि सिरियामा ५ दशमलव ३ मिलियन मानिस घरबारविहीन हुन सक्ने राष्ट्रसंघको अनुमान छ।

टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल खानाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ।  टर्कीमा ८२ देशका ९ हजार ४६ विदेशी कर्मचारी विपद् क्षेत्रमा कार्यरत रहेको  परराष्ट्र मन्त्रालयले जनाएको छ।