प्रदेश ब्युरो ।  पक्राउ परेका सांसद अरुण चौधरीलाई रिहाइ गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. २ को लम्कीमा प्रदर्शन गरेको छ।  बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरी आजै कारागार चलान भएका छन्। उनको निशर्त रिहाई गर्नुपर्ने माग गर्दै उन्मुक्तिले लम्की बजारमा राँके जुलुस निकालेको हो। 

र्‍यालीपछि आयोजित कोण सभालाई पार्टीका प्रवक्ता दामोदर पण्डित, प्रदेश सांसद रामेस्वर चौधरीलगायतले सम्बोधन गरेका छन्। चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने उक्त पार्टीले चेतावनी दिएको छ। यसअघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो।

OM Sai Pathibhara Hospital

सांसद चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए। ट्याक्टर जलाएको मुद्दामा सांसद चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो। चौधरी अहिले कैलाली कारागारमा छन्।