Screenshot_2023_0201_213458झापा । काठमाडौं महानगरपालिकाले गरिरहेको टुकुचा खोला उत्खनन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनले बुधबार टुकुचा खोला नभत्काउन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भएको ठहर गरेको हो ।

OM Sai Pathibhara Hospital

काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए।