गुप्तचर ब्युरो । सुकुम्बासीहरूले आफूहरुको उचित व्यवस्थापनको माग गर्दै नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको नेतृत्वमा बानेश्वर क्षेत्रमा धर्ना दिइएको हो ।

भूमि अभियन्तामाथिको झुठो जाहेरी निशर्त फिर्ता गरियोस्, भू-स्वामित्वसहित स्थायी विकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने, भूमि ऐन बमोजिम लालपुर्जा वितरण गर्नुपर्ने उनीहरू माग छन । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा उनीहरू सडकमा उत्रिएका हुन् ।