आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकार विरूद्ध प्रदर्शन भएको छ। आचार्यले उठाएका पच्चिस बुँदे माग पूरा गर्न माग गर्दै सरकार विरूद्ध प्रदर्शन भएको छ।

काठमाडौंको माइतीघर र बानेश्वरमा मृतक आचार्यको माग पूरा गर्न युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनकारी युवाहरूले यो देश हो कि बधशाला ?, देशमै केही गर्छु भन्नु अपराध हो सरकार? खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, कि यो संकट रहँदैन कि म लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका थिए।

OM Sai Pathibhara Hospital

३७ वर्षीय आचार्यले मंगलबार दिउँसो शरीरमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुर बर्न अस्पतालमा निधन भएको थियो।

विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनेकाले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति बेहोर्नुपरेको भन्दै आचार्यले शरीरमा आगो लगाउनुअघि सामाजिक सञ्जालमा लेखेका थिए।