नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका कर्तुतहरू सार्वजनिक भइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फका म्यानेजरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

सोमबार अख्तियारको टोलीले विमानस्थलको आन्तरिक कार्यालय प्रमुख पूण प्रसाद चुडाललाई रंगेहात पक्राउ गरेको छ ।चुडालको कार्यकक्षबाट ठूलो परिमाणमा महँगा रक्सी र लाखौं रुपियाँ बरामद गरेको छ । आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख चुडालको कार्यकक्षमा आर्थिक लेनदेन भएको सूचना प्राप्त भएपछि अख्तियारको टोलीले छापामारेको थियो । चुडाललाई डेढ लाख रुपियाँ एउटा ट्राभल एजेन्सीसँग घुस लिएको आरोपमा अख्तियारले रंगहाते पक्राउ गरेको जनाएको छ । चुडालको कार्यकक्षबाट अख्तियारको टोलीले ८ लाख रुपैया फेला परेको छ ।

OM Sai Pathibhara Hospital

अख्तियारले चुडालको कार्यकक्षबाट केही थान मोबाइल, रेड लेबल, ब्लाक लेबल लगायत महँगा रक्सी पनि फेला परेको छ।अख्तियारको टोलीले प्रहरी वृत्त गौशालाको सहयोगमा छानबिन र अनुसन्धान गरेको छ ।

विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ घुससहित पक्राउ गरेको हो। चुँडाल नवौँ तहका कर्मचारी हुन्। 

भ्रष्टाचार काण्डमा पक्राउ परेका चुडाललाई प्रहरीले हिरासतमा राखेको छ । चुडाल आफ्नो पदबाट निलम्बनमा परेका छन् ।चुडालले विभिन्न ट्राभल र ट्रेकिङ एजेन्सीका कर्मचारीहरूको प्रवेश कार्ड नवीकरणको नाममा एक लाखसम्म रकम असुल्दै आएका थिए । पीडितहरूले अख्तियारको टोलीलाई भनेपछि चुडाल फन्दामा परेका छन् । पक्राउ परेका चुडाल प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका निकै नजिकका कर्मचारी हुन् । चुडाल फसे पनि महानिर्देशक अधिकारी बचेका छन् ।