काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र कमेडी च्याम्पीएनका निर्देशन विशाल भण्डारीबीच समाजिक सञ्जालमा जुहारी चलेको छ ।

Screenshot_2023-01-21-13-21-28-39_a23b203fd3aafc6dcb84e438dda678b6

OM Sai Pathibhara Hospital

भण्डारीले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा महानगरपालिकाले अवैध संरचनाहरुमा डोजर चलाएको विषयमा स्टाटस लेखेपछि कमेन्टमै भनाभन भएको हो ।

काठमान्डौका मेयर विरुद्ध उठेको प्रश्नहरु सेयर गर्दै निर्देशक भण्डारीले मेयर बालेन साहलाई भत्काउन पुग्यो अब बनाउ भन्दै केही प्रश्नको उत्तर जवाफ दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मेयर बालेनले. ‘तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन,’ भन्दै रिप्लाई गरेका छन् ।

Screenshot_2023-01-21-13-21-45-65_a23b203fd3aafc6dcb84e438dda678b6

बालेनको जवाफपछि विशालले फेरि ‘मैले प्रश्न सोधेको माफ पाउँ श्री ८ बालेन साह । भत्काउनुबाहेक के बनाउनु भयो ?’ भन्दै प्रश्न गरेका छन् ।

Screenshot_2023-01-21-13-22-40-03_a23b203fd3aafc6dcb84e438dda678b6

विशालको प्रश्नको फेरि जवाफ फर्काउँदै बालेनले ‘प्रश्न सोध्न पाइन्छ भाइ  काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दु:ख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’ भन्दै जवाफसहित उल्टै प्रतिप्रश्न गरेका छन् । बिसालले जवाफमा म तपाइकै ३२ नम्बर वडाको भोटर हो उक्त वडाको मत परिणाम थाहा होलानी भनी कडा जवाफ दिएका थिए।