खोटाङ / खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता किशोरी मृत फेला परेकी छन् ।

हलेसी तुवाचुङ नगरपालिका –७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् ।
आइतबार दिउँसो घर फर्किनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताएका छन्।

OM Sai Pathibhara Hospital

घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताएका छन्। ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीले बताएका हुन् । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमपछि किशोरीलाई ‘हत्या गरेर झुन्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैं झुण्डिएको’ विषय खुल्ने डीएसपी मुकारुङले बताएका छन् ।