झापा / लागुऔषध (गाँजा) मुद्धामा फरार एक जना महिला कारागार चलान भएकी छिन ।

२०७७ असोजमा झापा जिल्ला अदालतबाट ७ महिना कैद सजाय सुनाइएकी कमल गाउँपालिका वडा नं ३ की भिमकुमारी लावती बिहिबार कारागार चलान भएकी हुन ।

OM Sai Pathibhara Hospital

उनलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतले ७ महिनाको कैदसंगै २ हजार रुपैयाँ जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।