मोरङ / मोरङको विराटनगर महानगरपालिका-७ स्थितबाट  श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर -१८ का ३६ वर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैयाँ, बिभिन्न बैङ्कहरूको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाँको भौचर १० थान, ६ लाख रुपैयाँको चेक २ थान, चेक बुक ९ थान र  को.२४ प ७९८४ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

श्रोत नखुलेको रकम सहित पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।