फेडरल एभिएशन एडमिनिस्ट्रेशनको कम्प्युटर सिस्टममा गडबडी हुँदा अमेरिकामा विमान सेवा ठप्प भएको  बीबीसीले जनाएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशन ९ एएफएका अनुसार कम्प्युटर सिस्टममा देखिएको गडबडी ठिक गर्ने प्रयास भइरहेको छ । 

पायलटलाई आफ्नो रुटमा कुनै खतराको आशङ्का हुँदा अलर्ट पठाउने सिस्टममा गडबडी हुँदा समस्या आएको हो । पूरै देशको एअरस्पेसमा असर पुगेको एएफएले बताएको छ ।