कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको अनुशन्धान भारतीय नागरिकतिर सोझिएको छ। घट्नाको दिन आसपासमै देखिएका दुई भारतीय किशोर पक्राउ परेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो । टोली हाल कञ्चनपुरमै छ ।                                 हालसम्म घट्नाको चित्त वुझदो उत्तर कसैले दिन सकेका छैनन्। अहिले घटनालाई निचोडमा पुर्याउन भन्दै गठन गरिएको सिंह नेतृत्वको टोलीमा चिकित्सक समेत छन्।